Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा ‘तिज विशेष कार्यक्रम २०२२’ हुने भएको छ ।
चर्चित लोक गायिका सुनिता बुढा, शर्मिला बिसी, मोडल तथा नृत्य कलाकार रुबिना अधिकारीका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा २६ अगस्ट शुक्रबारका दिन कतारको रैयान प्राईभेट स्कुल, अल रैयानमा दिउँसो ११ बजेदेखि कार्यक्रम हुने एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।
प्रवक्ता क्षत्रीका अनुसार प्रत्येक आयोजक संस्थाबाट संस्थागत प्रतिनिधिसहित २ जना पुरुससहित महिला सहभागिता निःशुल्क गरी कार्यक्रम सम्पन्न गरिनेछ । कार्यक्रम कतार सरकारको स्वीकृतिमा हुन गइरहेकाले दोहास्थित नेपाली दूतावास र कतार सरकारका प्रतिनिधिहरूको पनि उपस्थिति रहने उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij