
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आज आइतबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गर्दै आइतबार ११ बजे बस्ने बैठक स्थगित भएको जनाएका छन्। बैठक विशेष कारणवश बस्न नसकेको जनाइएको छ।
प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij