
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज शुक्रबार एकसाथ तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘प्रेमगञ्ज’ ,‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ लाई एकैसाथ आजबाट प्रदर्शनमा आएका हुन् ।
परिच्छेद सेनद्वारा निर्देशित फिल्म ‘प्रेमगञ्ज’ मा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ ।फिल्ममा नरेश ढकाल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाईली, पवन भट्टराई र बाल कलाकार आयुषी ढकाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
दीपक ओलीको फिल्म ‘कृष्ण लीला’ मा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको यस फिल्मलाई श्रीकृष्ण र राधालाई प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ ।
रञ्जित गुप्ताले निर्देशन गरेको फिल्म ‘माइकल अधिकारी’ पनि रिलिज भएको छ । फिल्ममा सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्ममा एनि कुँवर, अशान्त शर्मा, हेमन्त बुढाथोकी, लुनिभा तुलाधरलगायतको पनि अभिनय छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij