
Apr 22 2025 | २०८२, वैशाख ९ गते
गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप०बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् ।
खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम अहिले भइरहेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरा र पोखरा रङ्गशालामा हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा राष्ट्रिय खेलकुदको अपनत्वका लागि कम्तीमा एक खेल खेलाउने योजना राखेपको छ ।
खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले चार दशकपछि पोखरामा हुन लागेको प्रतियोगिताले प्रदेशवासी उत्साहित भएका बताउनुभयो । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय आगामी भदौ १५ भित्र टुङ्गो लाग्ने उनले बताए ।
राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेल सञ्चालन गर्ने निर्णय राखेपले गरिसकेको छ । राष्ट्रिय खेलकुदको अपनत्व सबै जिल्लामा गराउन कम्तीमा एक खेल सञ्चालनको योजनाअनुसार पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले यसअघिनै राखेपमा खेल र खेलस्थल प्रस्ताव गरेको पठाएको थियो । यसको अन्तिम निर्णय राखेपले गर्नेछ ।
प्रस्तावित खेलस्थलमा पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुष स्पर्धाका खेल पोखरामा सञ्चालन हुनेछन् ।
यसैगरी जिमन्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषको खेल पनि पोखरामा प्रस्ताव गरिएको छ ।
महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो ९महिला–पुरुष० बागलुङ, कराँते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस ९महिला–पुरुष० मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने प्रश्ताव यसअघिनै पठाइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij