
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । सरकारले आज बुधबारबाट पातालो प्लाष्टिकको झोला प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ । वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई बुधबारदेखि कडाईका साथ लागू गर्ने जनाएको हो ।
सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना प्रकाशित गरी ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।
पातलो प्लाष्टिकका झोला प्रयोग गरेको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने पनि विभागले चेतावनी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij