Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा ८४८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २७२२ पीसीआर र २८९७ जनाको एन्टीजेन परीक्षणका क्रममा ८४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ५२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ। उक्त अवधिमा एक जनाको मृत्यु भएको छ।
कुल मृत्युको संख्या ११ हजार ९८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल ५ हजार २५९ जना सक्रिय संक्रमित छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij