
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक बसिरहेकाे छ। आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारी र सिट बाँडफाँटबारे छलफल गर्न बैठक बसेकाे हाे।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विषय समेत छलफलकाे एजेन्डा भएकाे बालुवाटारले स्राेतले जनाएकाे छ। गत साउन १० गते प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक उनले आइतबार सदनसमक्ष नै फिर्ता गरेकी थिइन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij