
Apr 03 2025 | २०८१, चैत २१ गते
काठमाडौँ । श्रावणको अन्तिम सोमबारको अवसर पारेर बृज सिमेन्ट इण्डष्ट्रिजले पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरूलाई निःशुल्क खानेपानी, फलफुल जुस लगायतका सेवा प्रदान गरेको भने पशुपतिनाथमा भक्तजनको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको हो ।
स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब २००० दर्शनार्थीले सेवा लिएका थिए । लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, बृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij