
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलवाड गरेको भन्दै राजीनामा माग गरेका हुन् ।
राष्ट्रपति भण्डारीले राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने तरुण दलको माग गरेको छ । राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा काम गर्न नसकेको आरोप तरुण दलले लगाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij