Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

बेलायत पठाउँछु भनी १५ लाख ठगी

बेलायत पठाउँछु भनी १५ लाख ठगी

  • काठमाडौं । बेलायत पठाउँछु भनेर १५ लाख ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सामाखुसी बस्दै आएका ३७ वर्षीय प्रकाश राईको स्थायी घर इलाम नगरपालिका-१ नारायणटारमा रहेको प्रहरीले जनाएका छन् । 

    images
    images
    images

    उनले अमिर श्रेष्ठसहित ५ जनालाई सिजनल भिसामा बेलायत पठाइदिन भन्दै ३/३ लाख रुपैयाँका दरले रकम लिएर फरार भएको प्रहरीले जनाएको छ ।राईले सिजनल भिसामा बेलायत जान एक जनाको ९ लाख रुपैयाँ लाग्ने र त्यहाँ मासिक ४ लाख रुपैयाँ तलब पाइने भन्दै पीडितसँग रकम असुलेर फरार भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन भनेपछि अपराध अनुसन्धान कार्यालयले आइतबार सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई वुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा बुझाएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij