Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

मिटर व्याजीको ठगी मिटर नाप्दै सरकार

मिटर व्याजीको ठगी मिटर नाप्दै सरकार

  • काठमाडौं । सरकारले मिटर व्याज ठगी समस्या सुल्झाउन र यसमा संलग्न व्यक्तिलाई कारबाही गर्नका कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रीसहित प्रहरी प्रमुखलाई बोलाएर निर्देशन दिए लगत्तै कार्यदल गठन गरिएको हो । गृहमन्त्री बालकृष्ण खाँणले गृहका सहसचिव भीष्म भुसालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

    images
    images
    images

    कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानून उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेका छन् ।

    त्यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्कालाई कार्यदलको सदस्य सचिव तोकिएको छ । कार्यदललाई एक महीनाभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको गृह मन्त्रालयले जनाएको छ । मिटर ब्याज ठगीमा परेका नवलपरासीका किसान काठमाडौंमा आएर धर्ना दिइरहेका छन् । उनीहरूको समस्या सम्बोधन गर्न कार्यदल गठन गरिएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij