
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । आजदेखि बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन संख्या थप गरेको छ ।
ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न साढे ४ बजेदेखि लागू हुने गरी आवेदन संख्या बढाइएको मन्त्रालयले जारी गरेको सूचनामार्फत जानकारी गराएको हो ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका अनुसार आवेदकहरूको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन सङ्ख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij