काठमाडौं : आज रक्षा बन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ। हरेक वर्ष श्रावण शुक्ल पूर्णिका दिन रक्षा बन्धन र जनै पूर्णिमा पर्व मनाइँदै आइएको छ।
आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरी गुरु पुरोहितबाट डोरो बाँध्ने गर्दछन्। स्नानपछि जौ, तिल र कुश ऋषिहरूलाई तर्पण गरेर वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ।
रक्षा बन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर, वसन्तपुरमा रहेको अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजन पुगेका छन्।
पशुपतिनाथ मूल मन्दिरलगायत देशभरका महत्त्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ।