
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए ।
बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । सचिवालय बैठकपछि एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।
केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij