Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा 

सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा 

  • काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा  छन् । अति जोखिममा परेका घरका बासिन्दाहरु त्यहाँबाट विस्थापित भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । रातिको वर्षासँगै झरेको पहिरोले थप घरहरुमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर सानु तामाङका अनुसार इलाका प्रहरी कार्यालय सिंगटीको भवन पनि जोखिममा छ । बसाइ जोखिमपूर्ण भएपछि मानिसहरु वरपरका घर र आफन्तको बसेका जनाइएको छ ।

    हालै बजारभन्दा माथितिरबाट बाटो बनाइएको थियो । सो बाटो बनाएदेखि पहिरोले दुःख दिन थालेको स्थानीय बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij