
Apr 22 2025 | २०८२, वैशाख ९ गते
अखिल नेपाल फुटबल संघ( एन्फा) को कार्यसमिति बैठक बिहीबार बस्दैछ । बिहान १० बजेपछि बस्ने बैठकमा नियुक्ति लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
अध्यक्ष पंकज नेम्वाङले आफू अनूकुल महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गरेपछि बैठक स्थगित गर्दै आएका छन् ।
यहीबीचमा चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाँडेबीच बढ्दै गएको असन्तुष्टिका कारण नेम्वाङले बैठक नै स्थगित गर्दै आएको बताइन्छ । विवादकै कारण अन्तर्राष्ट्रिय विभाग प्रमुख पाँडेमाथि बर्खास्तीको दवाव बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij