
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार परिसूचक नेप्से ५.११ अंक (०.२५ प्रतिशत) ले गिरावट हुँदा २०५७.६८ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ ।
बुधबार उत्पादनमुलक र लगानी उपसूचक बाहे सबै उपसूचक घटेको छ । उत्पादनमुलक उपसूचक ०.५ प्रतिशत र लगानी उपसूचक ०.६९ प्रतिशतले बढेको छ । व्यापार उपसूचक सर्वाधिक १.४९ प्रतिशतले गिरावट हुँदा अरु उपसूचकहरुमा भने १ प्रतिशत भन्दा कमको गिरावट भएको छ । पछिल्लो समय लगातार २ अर्ब नाघिरहेको कारोबार रकम बुधबार २ अर्बबाट तल झरेको छ । बुधबार ४६ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।
जसमध्ये नागरिक लगानी कोषको सर्वाधिक १० करोड ६८ लाख ७९ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ८८ लाख ४८ हजारको कारोबार भएको छ ।
बुधबार बजारमा १८२ कम्पनीको सेयर कारोबारमा आएकोमा ११९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयमूल्य भने स्थिर रहेको छ ।
बुधबार कारोबार भएकोमध्ये हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै युनिलिभर नेपालको सेयरमूल्य ४.३० प्रतिशतले वृद्धि भएको छ । मर्जरपछि एकीकृत कारोबार सुरु गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा हिमालयन पावरको सेयरमूल्य ३.७२ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij