
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १०.२७ अंकले बढेर यस दिन २१२३.८२ बिन्दुमा पुगेको छ । यस दिन २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रुपैयाँमा ६१ लख ६ हजार ५ सय २१ कित्ता सेयर कारोबार भएको छ ।
५९ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन जीवन बीमाबाहेकका अरु सबै समूहगत सूचकहरु हरियो बनेका छन् ।
बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०.७५ र ब्यापार उपसमूह ३८ अंक बढे।जीवन बीमा भने चार अंक घट्यो। कुल ११८ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने ३ को स्थिर रह्यो।
मनकामना स्मार्ट लघुवित्तको मूल्य १०, तेह्रथुम पावरको ९.६ तथा उपकार लघुवित्तको मूल्य ९.१ प्रतिशत बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, फरवार्ड माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij