
Apr 08 2025 | २०८१, चैत २६ गते
प्रहरीको कन्ट्रोलबाट प्राप्त जानकारी अनुसार लगनखेलबाट हराएका सविनलाई सीसी क्यामराबाट उनलाई गौशालामा देखिएको छ ।
काठमाडौँ । १७ वर्षीय युवा सविन मग्राती लगनखेलबाट सम्पर्कविहिन भएका छन् । भक्तपुर बस्दै आइरहेका सविन उपचारको लागि साउन १८ गते परिवारसहित लगनखेल मानसिक अस्पताल पुगेका थिए । प्रहरीको कन्ट्रोलबाट प्राप्त जानकारी अनुसार लगनखेलबाट हराएका सविनलाई सीसी क्यामराबाट उनलाई गौशालामा देखिएको छ ।
सिन्धुली कमलामाई गाउँपालिका १२ स्थायी घर भएका सविनको परिवारले जावलाखेल र गौशाला प्रहरीमा खोजी गरिदिन निवेदन दिइसकेका छन् । 'प्रहरीलाई खोजीदिन निवेदन दिएका छौं ।' सविनकी आमा नानी मैयाँले भनिन्, 'यसबारे प्रहरी पनि सक्रिय भएर लागेको छ ।'
सविन हराउँदा उनले सेतो ज्याकेट, कालो टिशर्ट र हाफ पाइन्टमा रहेको खुलेको छ । उनको हातमा मयुरको ट्याटु लेखिएको छ ।
सविनलाई कसैले भेटेमा वा देखेमा निम्न नम्बरहरुमा सम्पर्क गरिदिन हुन उनको परिवारले अनुरोध गरेको ।
९८६०७९०८५५
९८४९३१०६८८
सीसी क्यामरामा देखिएका सविन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij