Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

पूर्णचण्डिले १९ हजारमा विज्ञान विषय अध्यापन गराउने 

पूर्णचण्डिले १९ हजारमा विज्ञान विषय अध्यापन गराउने 

  • ललितपुर ।  ललितपुर महानगरपालिका वडा नं १९ स्थित कुमारीपाटीको पूर्णचण्डि बोर्डिङ सेकेण्डरी स्कुल (पुबोस) ले मात्र रु १९ हजारमा विज्ञान विषय अध्यापन गराउने भएको छ । इसईई उर्तीण गरी कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्न इच्छुक विद्यार्थीले सो मौका पाउने विद्यालयका संस्थापक प्रधानाध्यापक डा.पुष्पमान अमात्यले बताउनुभयो ।

    images
    images
    images

    उहाँले भन्नुभयो, “सो अवसरका लागि विद्यार्थी  ललितपुरको ६ पालिका बस्ने हुनुपर्नेछ र ७२ वडाका विद्यार्थी जसले कक्षा १० मा ऐच्छिक गणित अध्ययन गरी एसईईमा ‘ए प्लस’ अङ्कसहित उतीर्ण गरी आफू गरिब तथा जेहेन्दार भएको सिफारिस वडाबाट ल्याएमा रु १९ हजारमा अध्यापन गराउनेछौँ ।” 

    images

    “यस जिल्लाका साथै यी किसिमका विद्यार्थीलाई भने बोर्डिङले प्रयोगात्मक परीक्षा बापत लिने भनिएको रु ३० हजारमा ५० प्रतिशत छुट दिएर मात्रै रु १५ हजारसँगै वर्षको चार परीक्षाको मात्र रु चार हजार गरी कूल रु १९ हजार लिनेछौँ ”, उहाँले भन्नुभयो । 

    शुल्भ शुल्कमा उक्त विषय अध्ययन गर्ने मौका भने बोर्डिङले हरेक वडाका मात्र दुई विद्यार्थीलाई दिने निर्देशक जितेन्द्रमान अमात्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यस बोर्डिङ अन्तर्गत शुल्भ शुल्कमा अध्ययन गर्न पाउने विद्यार्थीले यदि कक्षा ११ पनि ‘ए प्लस’ अङ्क ल्याइ उर्तीण गरेमा कक्षा १२ मा पनि यसै अनुरुपको छुट दिनेछौँ ।”

    11863437442695250512.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij