Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मरासिनीको सरुवासँगै नयाँ अर्थसचिव पुष्कर

मरासिनीको सरुवासँगै नयाँ अर्थसचिव पुष्कर

  • काठमाडौं। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवको जिम्मेवारी राजस्व सचिव कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी दिएको हो । सरकारले सचिवहरुको सरुवा गरेको छ ।

    images
    images
    images

    जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि फर्किएपछि अर्थ सचिव मधुकुमार मरासिनी मन्त्रालयमा हाजिर भएका थिएनन् । मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

    त्यस्तै बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।

    महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij