Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका १ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई हिजो बेलुका ठक्कर दिएको थियो । उपचारको लागि अस्पताल पुर्याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij