Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पेट्रोलियम पदार्थको मूल्य नयाँ मूल्य सूची

पेट्रोलियम पदार्थको मूल्य नयाँ मूल्य सूची

  • भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।

    images
    images
    images

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको निगमले जनाएको छ । यसअघि पनि भारतीय आयल कर्पोरेसनले डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा र पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा घटाएर नयाँ सूची पठाएको थियो । 
     
    तर, नेपाल आयल निगमले सो सयमा भने मूल्य घटाएको थिएन । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्नेने क्रम जारीनै रहेको छ । यो भाउ अझै घट्ने अनुमान छ ।  अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य  प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ ।

    मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij