
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौमा हुने साफ महिला च्याम्पियनसिपका लागि च्यासल रंगशालालाई अभ्यास मैदानको रुपमा संचालनमा ल्याउने भएको छ । एन्फाले आइतबार च्यासल र भद्रकालीस्थित आर्मीको मैदानलाई अभ्यासस्थलको रूपमा प्रयोग गरिने जनाएको हो ।
२०७२ सालको भुकम्पपछि राष्ट्रिय खेलुकद परिषद् (राखेप)ले च्यासल खेल मैदानको पुननिर्माणको कार्य अघि बढाएको थियो । च्यासल युथ क्लबले सो मैदानमा प्रशिक्षण गर्दै आएको छ । च्यासल गत सिजन ‘ए’ डिभिजनबाट ‘बी’ डिभिजनमा घटुवा भएको थियो ।
प्रतियोगिताको छैटौँ संस्करण २१ भदौ देखी ३ असोजसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको पाँचौ संस्करण पनि सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो । नेपालले पाँच मध्ये चार संस्करणको फाइनलमा स्थान बनाए पनि चारै पटक भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शनिबार गरेको समूह विभाजनमा नेपाल भुटान र श्रीलंकासँगै समूह ‘बी’मा परेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, बंगलादेश,माल्दिभ्स र पाकिस्तान छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij