Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

गाउँ र बाँदर

गाउँ र बाँदर

  • गाउँ र बाँदर

    onlinepatrika
    Arghakhachi

    दुख गरी खेती गरेँ भोकै कम्मर कसेर
    आयो बाँदर खायो मकै छेउमा बसेर ।।
    जोगाउनै गाह्रो भयो बाँदरले घेरेर
    कति बसुँ बिनास्वादै यिनलाई हेरेर ।।

    AGNI GROUP

    बाँदर पनि कति अटेर आउँछ बरै कोपर्न
    खाइस् भन्दै आफैलाई थाल्छु लोफर्न ।।
    गाउँको बिच बारी हाम्रो कुनै डर थिएन 
    अहिले आएर बाँदरले बस्नै दिएन ।।

    साँधसिमाना चिनिदैन बाँझिएर खेतबारी
    वर्षदिनलाई पुग्ने फल्थ्यो अन्न तरकारी ।।
    बाँझै भयो वरिपरि जताततै जङ्गल
    गाउँले गए सहर तराई खोज्दै बङ्गला ।।

    कहिले पर्छ खडेरी कहिले बाढी असिना
    बालीभन्दा बढी झर्छन् हाम्रा पसिना ।।
    महिना दिनलाई पुग्नेहैन जति दुख गरे नि
    जान्छु अन्तै बस्दिन यहाँ म त मरे नि ।।

    छोड्न त मन थिएन नि स्वर्गजस्तो जन्म ठाउँ 
    जङ्गल र बाँदरले घेरिसके गाउँ ।।
    कता हो खै मेसिनले खेतीपाती गर्छ रे
    एक घोगा मकैको नै पचास पर्छ रे ।।

    गाउँगाउँमा सिंहदरबार गाउँमै आए सरकार
    बस्तीविना विकासको केको दरकार ?

    -नरिश्वर गौतम

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij