Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

नेपाली भाषा बिस्तारै बिरानो बन्दै

नेपाली भाषा बिस्तारै बिरानो बन्दै

  • काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ। 

    images
    images
    images

    राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन्। ‘ए ग्रेड’ नै ल्याउने सामाजिक अध्ययन विषयका परीक्षार्थी पनि जम्मा तीन हजार २८३ जना मात्रै छन्। अधिकांश विद्यालय नेपाली भाषामा पढाइ हुने विषय यी दुई मात्रै हुन्।

    images

    अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात् १५ हजार ३९९ जनाले ‘ए प्लस’ ल्याएका छन्। २०६८ सालको जनगणनाअनुसार मुलुकमा ४४ प्रतिशत नागरिक नेपाली भाषी छन्। तर एसईईको नतिजाले विद्यार्थी तथा अभिभावकमा समेत अङ्ग्रेजी मोह बढ्दै गएको र नेपाली भाषा क्रमशः बिरानो बन्न थालेको देखिन्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij