Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एकैदिन २२ सय ७६ जना सवारी चालकमाथि कारबाही

एकैदिन २२ सय ७६ जना सवारी चालकमाथि कारबाही

  • काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले  एकैदिन २ हजार २७६ जना सवारी चालकलाई कारबाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्याकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७४ जना, मदिरा पिएर सवारी साधन चलाउने १२० जना, लेन उल्लंघन गर्ने १०४ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९७ जना र तिब्र गतीमा सवारी साधन चलाउने ७५ जना सवारी चालक रहेका  छन् ।

    यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १७ जना चालकमाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । लेन, ट्राफिक लाइट उल्लंघन र मादक पदार्थ सेवनको कारबाहीमा परेका ३४३ जना चालक कार्यालयले सञ्चालन गरेको सचेतना कक्षामा बुधबार सहभागी भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij