
Apr 06 2025 | २०८१, चैत २४ गते
काठमाडौं। थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन्।
खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij