
Sep 10 2025 | २०८२, भदौ २५ गते
काठमाडौँ । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्ने क्रम जारी रहेको छ । काठमाडौं कारागारबाट भागेका कैदीले गएराति विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ । त्यस्तै, ललितपुरको नख्खु कारागार र काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारगारका साथै झापा, सोलखुम्बु, महोत्तरी, कैलाली, बैतडी, दाङ, रुकुम पश्चिम र कास्की जिल्लाका विभिन्न कारगारबाट कैदीबन्दीहरू भागेका छन् । प्राप्त जानकारी अनुसार मकवानपुरको भीमफेदी कारागारबाट समेत साढे २ सयभन्दा बढी कैदीहरु भागेका छन् ।
ललितपुरको नख्खु कारागारका कैदीहरु भागेका छन् ।
कास्कीको कारागारबाट ३७४ जना कैदी भागेका छन् । महोत्तरीको जलेश्वरस्थित कारागारबाट साढे ५ सयभन्दा बढी कैदी भागेको बताइएको छ । त्यस्तै जुम्लाबाट समेत कैदी भागेको जानकारी प्राप्त भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij