Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

शेयर बजारमा हरियाली, ५४ अंकले बढ्यो नेप्से

शेयर बजारमा हरियाली, ५४ अंकले बढ्यो नेप्से

  • काठमाडौँ। सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । मौद्रिक नीतिपछिको पहिलो दिन ६१ अंकले बढेको शेयर बजार सोमवार पनि ५४।४५ अंकले बढेको छ । कारोबार रकम उल्लेख्य बढेको छ । आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब १० करोडको भयो ।

    images
    images
    images


    सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ २१, विकास बैंक २१३, फाइनान्स १३८, होटल तथा पर्यटन ७५, जलविद्युत् १०७, जीवन बीमा २१०, उत्पादन १७०, माइक्रोफाइनान्स १८५, निर्जीवन बीमा १२५, अन्य १४ र ब्यापार उपसमूह ५० अंक बढे । १७६ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने ३ को स्थिर रह्यो ।

    १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत हाराहारीले बढेको छ । नारायणी डेभलपमेन्ट, मल्टिपर्पोज फाइनान्स, सुर्योदय वमी लघुवित्त, ग्रीन डेभलपमेन्ट, युनाइटेड मोदी, मानुसी लघुवित्त, बलेफी हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । अरु ६ कम्पनीहरु समृद्धि फाइनान्स, गोर्खा फाइनान्स, गुहेश्वरी मर्चेन्ट, श्री इन्भेष्टमेन्ट, पोखरा फाइनान्स र सिन्धु विकासको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । 

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुणकाबेली, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी क्रमशस् अगाडि रहे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij