
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । दाङमा ३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनको बलात्कार पछि हत्याको प्रयास पनि गरिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घरमा कोहि नभएको मौकामा ३ वर्षीया बालिकालाई बलात्कार गरी बलात्कारपछि हत्याको प्रयास गरेको थियो ।
१४ वर्षीय किशोरले ती बालिकालाई मकै बारीको भिरबाट खसालेको हो। बालिकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने ती किशोरलाई म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij