
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरपालिकाको मेट्रिक ठेगाना प्रणाली विवादमा परेको छ । ललितपुर महानगरपालिकाले मेट्रिक प्रणालीमा आधारित घर नम्बर राखेबापत १ हजार रुपैयाँ शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमा महानगरको निर्णयको विरोध भएको छ ।
महानगरपालिकाले सम्पत्ति कर चुक्ता गर्दा घर नम्बर प्लेटबापतको रकम पनि अनिवार्य बुझाउनुपर्ने गरी सूचना प्रकाशित गरेपछि विरोध सुरु भएको हो । महानगरपालिकाले निर्णय पुनरावलोकन गर्ने भन्दै शुक्रबार सूचना निकालेर कर चुक्ता गर्दा घर नम्बर प्लेटबापतको रकम पनि अनिवार्य बुझाउनुपर्ने व्यवस्था स्थगित गरेको बताएको छ ।
संशोधित सूचना
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij