
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरिएको हो ।
भाडावृद्धिपछि पनि काठमाडौं उपत्यकामा सुरुको भाडादर अर्थात् ५ किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा भने २५ बाट बढेर २७, १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटर भन्दा माथिको भाडा ३८ बाट ४० पुगेको छ ।
उपत्यकाबाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले भाडा वृद्धि गर्ने श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij