Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

शुक्रबार शेयर बजारमा २७ अंकको गिरावट

शुक्रबार शेयर बजारमा २७ अंकको गिरावट

  • काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार २७ अंकले घटेको छ । शुक्रवारको कारोबारमा बजार परिसूचक २७.२६ अंक घटेको हो ।

    images
    images
    images

    शुक्रवार बजार परिसूचक १.३३ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.३८ प्रतिशत घटेर ३८६.२४ मा झरेको छ । २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ३३ लाख २० हजार ५१२ कित्ता सेयर २३ हजार ८६८ पटकमा खरिद बिक्री भएको हो ।

    बजार घट्दा आज कारोबार भएका १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ।उप-समूह तर्फ शुक्रवार १३ ओटै समूहको सेयर मूल्य घटेको छ । 


    घट्दो बजारमा  किसान लघुवित्त, गणपति लघुवित्त, नयाँ सारथी लघुवित्त, सेन्ट्रल फाइनान्स, सानिमा लार्ज क्याप लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij