
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडाैँ । झापा गाउँपालिका ५ सिमलडाँगीमा आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
स्थानीय अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निभाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij