
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ। कास्की पोखरा महानगरपालिका ८ न्यूरोडस्थितमा २ वटा नक्कली सुनको बाला देखाई सक्कली हो भन्दै ठगी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ४ रामकृष्ण टोल बस्ने चितवन माडी नगरपालिका ८ बसन्तपुर घर भएका ३५ वर्षीय धर्मेन्द्र खाती (शाय) र पोखरा महानगरपालिका १६ घर्मीखोला बस्ने स्याङ्जा अर्जुन चौपारी गाउँपालिका ४ रापाकोट घर भएका ४० वर्षीय डिल बहादुर बि.क रहेका छन् ।
उनीहरूले शुक्रबार दिउँसो उक्त होटलमा ठगी गर्न खोजेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरू उपर आपराधिक षडयन्त्र सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij