• २०७७, मंसिर ९गते
Logo

विश्व खबर

कोरोना खोप आउँदै गर्दा ट्रम्पको खुलासा

अनलाइन पत्रिका

६, मंसिर २०७७
  • 197
    SHARES
  • कोरोना खोप आउँदै गर्दा ट्रम्पको खुलासा

    अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फाइजर र मोडेर्नाजस्ता औषधि निर्माता कम्पनी निर्वाचनमा आफूविरुद्ध लागेको आरोप लगाएका छन्। कोरोना भाइरसविरुद्धको खोप निर्माण कार्यमा ढिलाई गरेर ती कम्पनीहरुले आफ्नो भोटलाई कम गर्ने प्रयत्न गरेको ट्रम्पको आरोप रहेको छ। ‘ठूला औषधि निर्माता कम्पनी, संचारमाध्यम, ठूला प्रविधि कम्पनी चुनावमा हामीविरुद्ध लागे’ उनले भनेका छन्,‘फाइजर र अन्य कम्पनीले निर्वाचन अघि आफ्नो खोपको परिणाम सर्वाजनिक गर्न चाहेनन्। उनीहरुले निर्वाचनपछि मात्र परिणाम सार्वजनिक गर्न चाहे।’

    प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - १२:०७:२२ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार