Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने, नछुट्याए जरिवाना

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने, नछुट्याए जरिवाना

  • काठमाडौँ। काठमाडौँका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याज्ञएमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग अलग  राख्नुपर्ने बताइन् । त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने उनले बताइन् ।

    उनका अनुसार हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोर संकलन र व्यवस्थापनको काम गरिने छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गर्ने वातावरण विभाग प्रमुख राईले बताइन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij