Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

गठबन्धन सरकारले स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गरेको एमालेको आरोप (विज्ञप्तिसहित)

गठबन्धन सरकारले स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गरेको एमालेको आरोप (विज्ञप्तिसहित)

  • काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले गठबन्धन सरकारले खोप वितरणमा लापरबाही र स्वास्थ्य क्षेत्रमा व्यापक अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

    images
    images
    images

    एमालेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमालेले आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गर्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दुरुपयोग गरेको बताएको हो ।

    यस्तै, एमालेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभाग प्रमुखसमेत रहेका केन्द्रीय कमिटी सचिव योगेश भट्टराईले गठबन्धन सरकारको एक वर्ष खेर गएको बताए । 
    भट्टराईले वित्तीय अनुशासन र खर्च प्रणालीका हिसाबले यो गम्भीर आर्थिक अपचलन र पदीय दुरुपयोग भएको भन्दै भट्टराईले यस सवालमा अख्तियार तथा महालेखापरीक्षक कार्यालयको गम्भीर ध्यानाकर्षण हुनुपर्ने समेत बताएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij