
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको सेवा एक सताका लागि बन्द हुने भएको छ । कम्पनीले नियमित मर्मतका लागि भन्दै केबलकारको सेवा ३१ असारदेखि ६ साउनसम्म बन्द हुने जनाएको छ ।
कम्पनीले निश्चित अवधिसम्म सञ्चालन गरेपछि केबलकार मर्मत गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने जनाएको छ । आगामी ७ साउनदेखि भने केबुलकारले आफ्नो सेवा पुनः सुचारु गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij