Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौ । वर्तमान अवस्थामा कुनै पनि पदीय जिम्मेवारीमा बस्न नसक्ने बताउँदै, जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य रेणु कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएकी हुन् ।
उनले राजीनामा पत्रमा भनेकी छन्, ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij