Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक योग्यता ढाँटेर राष्ट्र सेवक भई भ्रष्टाचार गरेको कसुरमा उनिविरुद्ध नेकपा माओवादी केन्द्र निकट संगठन वाइसिएलले अख्तियारमा उजुरी दिएको हो । बिहीबार काठमाडौँको टंगाल पुगेर वाइसिएल संयोजक सुमन देवकोटा सहितका नेताहरू उजुरी दिएका हुन् ।
कुनैपनि दलको सदस्य तथा पदाधिकारी राष्ट्र बैंकको गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन नपाउने व्यवस्थाको प्रतिकुल हुनेगरि गभर्नर पदमा रहेकाले नेपाल बैंकको संवेदनशिलतामाथि गम्भिर प्रश्न उठेको भन्दै अधिकारीमाथि छानबिन गरि बर्खास्त गर्न माग गरिएको छ । साथै भ्रष्टाचार कसुरमा कारबाही गर्न माग समेत गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij