
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ। सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) बीच मर्जरका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा सानिमाका संचालक समिति अध्यक्ष खेमराज लामिछाने र जीआईसीका कुनाल कयालले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।
निर्जीवन बीमा व्यवसाय गर्नका लागि एउटै समयमा लाइसेन्स पाएका दुई कम्पनीबीच बराबरी हैसियतमा मर्जरमा जाने हिसाबले बुधबार साँझ सम्झौता भएको हो । नयाँ कम्पनी भएको नाताले समानस्तरमा सम्झौता गर्न सहज भएको सानिमाका सीईओ सुध्युम्न उपाध्यायले बताए ।
दुई कम्पनीको मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘सानिमा जीईसी इन्स्योरेन्स लिमिटेड’ हुनेछ भने सीईओमा सानिमा जनरलका सीईओ सुध्युम्न उपाध्याय कायम रहने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij