
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । आज आइतबार शेयर कारोबार नहुने भएको छ । सरकारले आज आइतबार सार्वजनिक बिदा दिएकोले आज नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्द भई शेयर कारोबार नहुने भएको हो ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो । मुस्लिम आयोगको अनुरोधमा असार २६ गते आइतबार बकर इदको अवसरमा बिदा दिईएको गृह मन्त्रालयले जनाएको छ ।
बकर इद मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिन्छ । यो पर्बलाई बकर इद अर्थात इद उल अज्हा पनि भनिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij