Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ट्वान्टी– ट्वान्टी विश्वकप ट्रफी नेपाल ल्याइदै 

ट्वान्टी– ट्वान्टी विश्वकप ट्रफी नेपाल ल्याइदै 

  • काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पुरुष ट्वान्टी–ट्वान्टी विश्वकपको ट्रफी प्रदर्शनीकालागि नेपाल ल्याउने भएको छ । 

    images
    images
    images

    शुक्रबार आईसीसी पुरुष ट्वान्टी– ट्वान्टी विश्वकप २०२२ को काउन्ट डाउन सुरु गरेको आईसीसीले ट्रफीलाई विभिन्न १२ देशको २९ ठाँउमा प्रदर्शनीका लागि राखिने जनाएको छ । 

    आईसीसीका अनुसार अगष्ट ३० र ३१ मा नेपालको काठमाडौँमा प्रदर्शनका लागि राखिने छ । आईसीसीले यसअघि २०१८ एकदिवसीय विश्वकपको ट्रफी पनि नेपाल ल्याएको थियो । एकदिवसीय विश्वकपको ट्रफी विश्व सम्पदा सूचीमा रहेको काठमाडौँको वसन्तपुर, स्वयम्भुलगायत क्षेत्रमा प्रदर्शन गरिएको थियो । 

    ८ जुलाईमा अष्ट्रेलियाको मेलबर्नबाट सुरु हुने ट्रफी टुर १६ अक्टोबरमा अष्ट्रेलियाकै जिलोङमा पुगेर सकिनेछ । 
    अष्ट्रेलियामा १६ अक्टोबरदेखी १३ नोभेम्बरसम्म हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अष्ट्रेलिायको सात सहरमा आयोजना हुने जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij