
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी विपना राई रहेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्यक्ष हिमराज मगरले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij