Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राजनीतिक अस्थिरता मान्य हुँदैन ः  खाँण

राजनीतिक अस्थिरता मान्य हुँदैन ः  खाँण

  • काठमाडौं  । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताउनुभएको छ । उहाँले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताउनुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी संसदीय दलका निवर्तमान प्रमुख सचेतक खाँणले प्रतिनिधिसभा विघटनबारे अदालतमा विचाराधीन मुद्दाको निर्णयको प्रतीक्षामा रहेको बताउँदै यस विषयमा अदालतलाई धेरै दवाव दिनु उचित नहुने धारणा राख्नुभयो ।  

    images
    images
    images

     “अदालतको निर्णयपछि हामी उपयुक्त निर्णय लिन्छौँ, अहिले पर्ख र हेरको अवस्थामा छौँ, तर हामीले प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक भनेका छौँ”, नेता खाँणले भन्नुभयो । पूर्वमन्त्री खाँणले प्रतिनिधिसभा विघटनबारे पार्टीमा ठूलो मतभेद नरहेको जनाउँदै संसदीय राजनीतिक अभ्यासमा अपनत्व र अभिभावकत्व प्रदान गर्ने तरिकाले पार्टी अघि बढेको धारणा राख्नुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij