आयो है फेरि कामको बेला, जाऊँ है मेलामा
छुपुमा छुपु धान है रोपौँ, दब्दबे हिलामा
ब्यस्त छन् किसान मिर्मिरेदेखि, उदाउन्जेल चन्द्रमा
असारे भाका दही र चिउरा, असार पन्ध्रमा ।।
हली र बाउसे रोपार ब्याडे, सबै छन् खेतमा
बढेछ हेर छरेको बीउ, बैशाख-जेठमा ।।
धुल्याई माटो छरौँला घैया, बर्षे धान गिलोमा
छ्याप्दैमा पानी खेल्दैमा कुस्ती, रमाउदै हिलोमा ।।
– नरिश्वर गौतम