
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई बर्खास्त गरिएको छ ।
प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको जनाइएको छ । जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहरसहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीको सिफारिस गरेको थियो ।
उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको जनाइको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij