Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

  • काठमाडाैँ । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ । सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरूपमा सम्बोधन गर्न नसकेको भन्दै नेकपा एमालेले आइतबारको बैठक अवरुद्ध गरेको थियो ।

    images
    images
    images

    मुख्य सचेतक दीपक निरौलाले दलको तर्फबाट सम्बोधन गर्दै बजेट संशोधन नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका थिए ।

    सभामुख श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आ-आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij